नेपाल भित्र उत्पादन हुने र आयात हुने स्वास्थ्यजन्य सामग्रीको गुणस्तर अनुगमनबारे उपसमिति गठन



Download our app to get more features

काठमाडौं, १६ चैत । सरकारले नेपाल भित्र उत्पादन हुने र आयात हुने व्यक्तिगत सुरक्षा सामाग्रीहरुको गुणस्तर अनुगमनबारे उपसमिति गठन गरेको छ ।

नोवेल कोरोना भाइरसको उपचारमा प्रयोग हुने र सावधानी अपनउनका लागि स्वास्थ्यकर्मी तथा सर्वसाधारणले प्रयोग गर्ने पञ्जा, मास्क, टोपी, गाउन, स्यानिटाईजर लगायतको न्यूनतम गुणस्तर तोक्ने र सोको परीक्षण सम्बन्धी सम्भाव्यता अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न  उपसमिति गठन गरेको हो ।

नेपालमा रहेका उत्पादन हुने र आयात हने स्वास्थ्य सुरक्षा सामाग्रीहरुको गुणस्तरको बारेमा जिज्ञासा र प्रश्नहरु उठ्न थालेपछि त्यसलाई सम्बोधन गर्न उप समिति गठन गरिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले बताए ।

आइतवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकबाट नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा उस समिति गठन गरिएको हो । उपसमितिमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारी, औषधि व्यवस्था विभागका निर्देशक शैलेसकुमार झा, स्वास्थ्य सेवा विभागका डा.कुमार थापा, नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभातकुमार सिंह सदस्य रहेका छन् ।

उपसमितिको बैठक सोमबार बिहान १० बजे नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यालय बालाजुमा बस्ने जनाइएको छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्री, औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका निर्देशक, मेकिडल काउन्सिलका अध्यक्ष तथा रजिष्ट्रार, गुणस्तर तथा नापतौल विभागका पदाधिकारी लगायतका उपस्थित थिए ।

Last modified on 2020-03-29 19:18:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts