चीनबाट ल्याएको कोरोना परीक्षण मेसिन चार प्रदेशले पाउने



Download our app to get more features

काठमाडौं, १६ चैत । सरकारले चीनबाट ल्याएको कोरोना परीक्षण गर्ने  पोर्टेबल मेसिन चार वटा प्रदेशमा वितरण गर्ने निर्णय भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतवार बसेको बैठकले चीन सरकारले पाठएको कोरोना परीक्षणको पाँच थान मेसिन मध्ये चार वटा प्रदेशमा दिने र एक थान काठमाडौंमा नै राख्ने निर्णय गरेको हो ।
पोर्टेबल मेसिन प्रदेश २ मा एक थान, प्रदेश ५ मा एक थान, कर्णाली प्रदेशमा एक थान र सुदूरपश्चिम प्रदेशमा तत्कालै एक थान पठाउने भएको हो । प्रदेश १ मा आइतवारबाटै नमूना परीक्षण सुरु भएकाले त्यहाँ हाललाई पोर्टेबल मेसिनआवश्यकता नभएको जनाइएको छ ।

विदेशमा रहेका नेपालीलाई नेपाल सरकारले राहत दिने
बैठकले विदेशमा रहेका नेपालीलाई राहत स्परुपको खर्चको व्यवस्था नेपाल सरकाले व्यहोर्ने निर्णय गरेको छ । साथै विदेशबाट नेपाल फर्किएका नेपालीलाई क्वारेन्टाइनमा बस्न नेपाल सरकारले आग्रह गरे पनि त्यो नमानेको पाइएको हुँदा बैठकबाट संक्रमण रोग ऐनको दफा अनुसार दण्ड सजायको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।
सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । यस्तै लकडाउनको अवधि लम्ब्याउने विषयमा पनि बैठकमा छलफल भएको छ । लकडाउन कति अवधिसम्म लम्ब्याउने भन्ने विषयमा आइतबारै बस्ने मन्त्रीपरिषद बैठकले निर्णय गर्ने जनाईएको छ ।

Last modified on 2020-03-29 16:46:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts