सरकारले बनायो क्वारेन्टाइनका लागि मापदण्ड, के के छन् मापदण्डमा

काठमाडौं, १४ चैत । सरकारले नोवेल कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड निर्धारण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिष कार्यालयको बिहीवार बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नागरिकलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यस्थित तरिकाले राख्न र समाजमा दुबैलाई सुरक्षित राख्न मापदण्ड तयार पारेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइन सरकारले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ । जसमा सम्भव भएसम्म घनबस्तीबाट छुट्टै हुनुपर्ने, सञ्चार, स्वास्थ्य, सडक, पानी र बिजुलीको पूर्ण व्यवस्था भएको हुनुपर्ने, सम्भव भएसम्म कम्तिमा एक सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको, तयारी भौतिक पूर्वाधारलाई प्राथमिकत दिएको हुनुपर्ने लगायतका मापदण्ड रहेका छन् ।
के के छन् मापदण्डमा: