फिबर क्लिनिक सञ्चालन गर्ने २५ अस्पताललाई सरकारले १० लाख दिने



Download our app to get more features

काठमाडौं, १४ चैत । सरकारले फिबर क्लिनिक सञ्चालन गर्ने अस्पताललाई १० लाख उपलब्ध गराउने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव यादव कोइरालले नियमित ब्रिफिङको क्रममा फिबर क्लिनिकलाई चाहिले आवश्यक सामग्री उपलब्ध गराउन १० लाख छुट्याइएको बताए ।
 
सरकारले केन्द्र र प्रदेशका गरी २५ वटा हब अस्पताललाई फिबर क्लिनिकको रुपमा छुट्याएको छ । अस्पतालले फिबर क्लिनिकमा आएका व्यक्तिमध्ये शंकास्पदको नमुना मात्र परीक्षणका लागि पठाउने सचिव कोइरालाको भनाइ छ ।

यस्तै नेपालमा हालसम्म ७ सय शकांसपद बिरामीको कोरोना संक्रमण परीक्षण गरिएकोमा ३ जनामा मात्र संक्रमण पुष्टि भएको पनि उनले जानकारी गराए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts