कोटेश्वर बहुमुखी क्याम्पसको भवनलाई क्वारेन्टाइन बनाउन दिइने

काठमाडौं, १३ चैत । कोटेश्वर बहुमुखी क्याम्सको भवनलाई क्वारेन्टाइन बनाउन दिइने भएको छ ।
क्याम्पसले जडिबुटिमा रहेको आफ्नो भवनका १० वटा कोठालाई क्वारेन्टाइन बनाउन दिने जनाएको छ ।
क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीले विश्वमा फैलिएको कोभिड १९ का कारण सरकार तयारीमा जुटेको र क्वारेन्टाइन बनाउने काम पनि गर्दै आएकाले क्याम्पसको १० वटा कोठा सरकारलाई क्वारेन्टाइनका लागि उपलब्ध गराउने बताएका छन् ।