चैत ४ मा कतार हुँदै नेपाल आएका सुदूरका थप दुई जना आइसोलेसनमा



Download our app to get more features

धनगढी, १३ चैत । गत चैत ४ मा कतार एयरवेजको विमानबाट नेपाल आएका दुई जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

फ्रान्सबाट कतारको दोहा एक्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा नेपाल आएका सुदूरपश्चिमका दुईजनालाई आइसोलेसनमा राखिएको हो । सो जहाजमा नेपाल आएकी एक युवतिमा कोरोना पोजेटिभ देखिएपछि कञ्चनपुरका एक र कैलालीका एकजनालाई आइसोलनमा भर्ना गरिएको जनाइएको छ ।

युवतीसँगै नेपाल आएका कञ्चनपुरका पुरुषलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । उनी बुधबार महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

उनको थ्रोट स्वाब परीक्षणका लागि आज काठमाडौं पठाइने बताइएको छ । 

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि संगै आएका कैलालीका एक युवक पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।

सोही जहाजमा आएकी युवतीमा कोरोनाको भाइरसको संक्रमण रहेको पुष्टि भएपछि उनी भाइसहित सेती प्रादेशिक अस्पतालमा आएका हुन् । प्रहरीले धनगढीका एकजना युवक सोही जहाजमा आएको थाह पाएपछि बुधबार दिउँसोदेखि खोजी शुरु गरेको थियो ।

उनी साझ भाइसँगै मोटरसाइकलमा अस्पताल पुगेका थिए । अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । डा. जोशीका अनुसार उनको थ्रोट स्वाव परीक्षणका लागि बिहीबार काठमाडौं पठाउनेछ ।

धनगढी त्रिनगर भन्सार स्थायी बसोबास भएका उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए । उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी शुरु गरेको थियो ।

प्रहरीले ती व्यक्तिलाई भाइसहित धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको र परिवारका सदस्यहरूलाई घरमै सेल्फ आइसोलेसनमा राखिएको जनाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts