भेरी अस्पतालले पनि माग्यो कोभिड-१९ को उपचारका लागि स्वास्थ्यकर्मी



Download our app to get more features

बाँके, १३ चैत । प्रदेश नम्बर ५ को भेरी अस्पतालले कोभिड-१९ को उपचारमा खटिनका लागि भन्दै नर्स र डाक्टरका लागि आवेदन खुलाएको छ । 

अस्पतालले बुधवार आवेदन खुलाउँदै कोभिड-१९ को उपचारकालागि भन्दै करारमा १७ जना कल्सलेन्ट फिजिसियन, २४ जना मेडिकल अधिकृत, ४२ जना नर्स र १ जना बायोमेडिकल टेक्निसियन माग गरेको हो ।

यसैबीच स्वास्थ्यकर्मीहरुले अस्पतालले पीपीईको व्यवस्था नै नगरी आवेदन खुलाएको भन्दै विरोध गरेका छन् ।

Last modified on 2020-03-26 09:25:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts