दोहा हुँदै नेपाल फर्किएकी युवती राप्ती अस्पतालको क्वारेन्टाइनमा



Download our app to get more features

दाङ, १२ चैत । दाङमा एक जना युवतीलाई क्वारेन्टाइनमा राखिएको छ । 

बुधवार दाङको बबई गाउँपालिका वडा नं. २ का एक युवतीलाई क्वारेन्टाईनमा राखिएको हो ।

गत चैत ५ गते उनी दाङ पुगेकी थिइन् । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीलाई बुधवार तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको क्वारेन्टाईनमा राखिएको जनाइएको छ । 

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतिमा कोरोना पोजेटिभ देखिएपछि उनी सवार विमानका यात्रुलाई कोरोना जाँचका लागि सरकारले क्वारेन्टाइनमा बस्न र राख्न आदेश दिएसँगै उनलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।

उनमा  कोरोना भए नभएको विषयमा स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा नमूना पठाउने तयारी भएको छ । अहिलेसम्म भने उनमा कोरोना लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार उनी कतार एयरवेजबाट गत चैत ४ गते नै नेपाल आएकी थिईन  । उनीसँगै आएकी बबईका अर्का एक जना युवती भने अझै सम्पर्कमा आउन सकेकी छैनन । उनको पनि खोजी भइरहेको रिजालले बताए ।
 

Last modified on 2020-03-26 13:14:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts