नेपालमा रहेका विदेशी नागरिकलाई फिर्ता गर्ने सरकारकाे निर्णय



Download our app to get more features

काठमाडौं, १२ चैत । सरकारले नेपालमा रहेका विदेशी नागरिकलाई फिर्ता गर्ने भएको छ । 

बुधवार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई हवाई उद्दार गरी आफ्नो देश फर्कन सहजीकरण गर्न निर्णय गरेको छ ।  

उनीहरुलाई जानु अगावै रहेकै स्थानमा क्वारेन्टाइनमा राखि कोरोनाको संक्रमण नभएको र स्वस्थ भएको अवस्थामा फिर्ता गरिने पनि निर्णय भएको छ ।

यस्तै बैठकले सबै स्थानीय तहहरुले आ आफ्नो क्षेत्रमा अनिवार्य रुपमा क्लोरिन र ब्लिचिंग पाउडर लगायतका डिसइनफिकेन्ट नियमित छर्न व्यवस्था गर्न पनि भनेको छ ।

साथै औषधि र औषधिजन्य पदार्थ आयात गर्नका लागि पर्यटन मन्त्रालयले हवाई चार्टर सेवाको व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । 

यस्तो छ बुधवारका निर्णयहरुः

Last modified on 2020-03-26 13:15:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts