भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका यादवमा कोरोना नेगेटिभ



Download our app to get more features

काठमाडौँ, १२ चैत । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि भएको छ ।

वीरगञ्ज २२ जगन्नथापुरका ३० वर्षका सन्तोष यादवको मंगलवार बिहान उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि अस्पतालले उनको मृत्यु आकस्मिक मिर्गौला खराब भएको र बिरामी पहिलेदेखि नै लुपस रोगबाट पीडित भएका कारण मृत्यु भएको अस्पतालले जनाएको थियो । 

तर, मिर्गौलाका रोगी भएका यादव चितवन मेडिकल कलेजमा उपचाररत थिए । पछि उनमा फ्लू जस्तै लक्षण देखिएपछि कोरोना भएको हुनसक्ने भन्दै कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

स्पतालले विज्ञप्ति जारी गर्दै उनको मृत्युबारे जानकारी गराएपनि उनमा कोरोना भए नभएको विषयमा स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाले मंगलबार अबेर साँझ रिपोर्ट सार्वजनिक गर्दै यादवमा कोरोना नभएको पुष्टि गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts