सरकारको निर्देशनः आफुखुशी कोरोना नियन्त्रण सम्बन्धी कोष नबनाउनू



Download our app to get more features

काठमाडौं, १२ चैत । सरकारले कोरोनो भाइरस रोकथाम र नियन्त्रणका लागि भन्दै आफुखुशी राहत कोष नबनाउन सबै निजी तथा गैरसरकारी संस्थाहरुलाई निर्देशन दिएको छ । 

सरकारले एकीकृत राहत कोष बनाइसकेको भन्दै त्यसैमा सबैले रकम सहयोग गर्न सक्ने सरकारको भनाइ छ । कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । 

साथै समितिले धुलिखेल अस्पताल, वीर अस्पताल र शिक्षण अस्पतालको क्षमता विस्तार गर्ने निर्णय पनि गरिएको छ । साथै सरकारले स्वास्थ्य सम्बन्धी सामाग्री तथा औषधिहरु आयात गर्न चाहानेहरुलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । सरकार आफैले पनि तत्कालै आवश्यक औषधि, उपकरण र अन्य अत्यावश्यक सामाग्री आयात गर्न तत्काल प्रकृया थाल्न पनि स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ । 

यस्तो उच्चस्तरीय समितिको आजको निर्णय

 

Last modified on 2020-03-24 20:06:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts