नेपालमा कोरोना भाइरसको बारेमा जानकारी दिन मिडिया सेन्टर स्थापना

काठमाडौं, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससँंग सम्बन्धीत सूचना एकद्वार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।
सबै सञ्चारमाध्यमलाई एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिए । मिडिया सेन्टरमा हरेक दिन कोरोना भाइरससँग सम्बन्धीत सूचनाबारे जानकारी दिन अवाश्यकता अनुसार पत्रकारसम्मेलन गरिने र समाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।
मिडिया सेन्टरबाट कोरोना भाइरससँग सम्बन्धीत चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ । त्यस्तै फेसबुुक र ट्विटरबाट कोरोना भाइरससँग सम्बन्धीत मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा. कार्कीले जानकारी दिए । यसैगरी मन्त्रालयले कोरोना भाइरसबारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोबाइल एप समेत बनाउने भएको छ ।