चितवनमा मृत्यु हुने युवा रक्तअल्पताका बिरामी

आकस्मिक किड्नी फेल भयोः चिकित्सक



Download our app to get more features

चितवन, ११ चैत । चितवनको भरतपुर स्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवाको मृत्यु भएको छ । 

सोमबार पर्साबाट अस्पताल ल्याइएका ती युवकको आज बिहान मृत्यु भएको हो । 

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका ३० वर्षका युवकलाई रक्तअल्पता रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न डाक्टरहरुले उनको मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको बताएका छन् । २ वर्षदेखि मिर्गौला रोगले ग्रसित ती युवा कोरोना अस्पताल चितवनमा उपचाररत थिए ।

यसअघि उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । यद्यपी उनको मृत्युको कारणबारे पुष्टि भइसकेको छैन । मृतक केहिदिन अघि मात्रै कोरोनाको लक्षणसँग मिल्दो जुल्दो समस्या लिएर अस्पताल पुगेका थिए । कोरोना संक्रमण भएनभएको विषयमा भने रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि हिजै काठमाडौं पठाइएको जनाइएको छ । 

उनको शव भने अस्पतालबाट उठाइएको छैन । रिपोर्ट आएपछि मात्रै शव उठाइने अस्पताल स्रोतले जनाएको छ ।

Last modified on 2020-03-25 06:45:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts