चितवनमा युवाहरूद्वारा २ हजार माक्स निःशुल्क वितरण



Download our app to get more features

 

चितवन, ११ चैत । चितवनमा सक्रिय युवाहरूको एक समूहले २ हजार माक्स निःशुल्क वितरण गरेका छन् ।

सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको युवा नेतृत्वकर्ता अर्जुन भुसालले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

सोमवार दिउँसो भरतपुर–१० स्थित चौबीसकोठीमा एक हजार र बिहान अन्य क्षेत्रमा समेत गरि २ हजार माक्स निःशुल्क वितरण गरिएको भुसालले बताए । युवाहरूको सो समुहले चितवनको व्यस्त सडक चौबीसकोठीमा यात्रु ,चालक, सहचालक , पैदल यात्री र अन्य सर्वसाधारणलाई माक्स वितरण गरेका थिए ।

बजारमा माक्सको अभाव देखिएको बेला कोरोना सङ्क्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले माक्स वितरण गरिएको अर्का युवा केशव देवकोटाले जानकारी दिए । 

स्वास्थ्यकर्मी समेत रहेका देवकोटाले सबैलाई अत्याबश्यक कामबाहेक बाहिर ननिस्कन र सावधानी अपनाउन आग्रह समेत गरेका छन् । माक्ससँगै पाँच सय जोर ग्लोव्स् समेत वितरण गरिएको उनले बताए । चितवनको युवाहरूको यो समूहले ‘सामाजिक कामका लागि युवा’ भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।

Last modified on 2020-03-24 10:39:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts