‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष'मा क-कसले दिए कति रकम ?



Download our app to get more features

काठमाडौं, ११ चैत । सरकारले गठन गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकम जम्मा गर्नेहरुको क्रम जारी छ ।

कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो २ महिनाको तलब जम्मा गर्ने भएकी छिन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले कोषमा एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन् । कोषमा रकम जम्मा गर्नेमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

महान्यायाधिवक्ता अग्नि खरेल र पूर्वसूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले एक एक महिनाको तलब सरकारले स्थापना गरेको कोरोनाविरुद्धको केन्द्रीय राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकले कोषमा एक करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक करोड, सांसद प्रदिप यादवको एक महिनाको तलब दिने भएका छन् नर्भिक अस्पतालका अध्यक्ष बसन्त कुमार चौधरीले एक करोड दिने घोषणा गरेका छन् ।

सरकारले गठन गरेको कोषको रकम राष्ट्रिय वाणिज्य बैंकको खातामा पठाउन सकिनेछ । 
विस्तृत विवरण :

Last modified on 2020-03-24 09:47:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts