नेपाल भोलिदेखि 'लकडाउन', घरबाट ननिस्कन सर्वसाधारणलाई आग्रह



Download our app to get more features

काठमाडौँ, १० चैत । सरकारले मंगलवारदेखि नेपाल पूर्ण लकडाउन गर्ने भएको छ । 

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । पूर्ण लकडाउनको अवस्थामा जो जहाँ छन् त्यहि बस्न भनिएको छ । कोरोनाको सम्भावित जोखिम फैलिन नदिन भोलिबाट नेपाल लकडाउन गरिँदैछ ।

लक डाउनको अवस्थामा बिहान ६ बजेदेखि घरबाट बाहिर निस्कन नपाइने भएको छ । एक सातासम्मका लागि लक डाउन गरिएको बेला खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिमा संक्रमण भएको पुष्टि भएपछि तीनि युवति सवार विमानका व्यक्तिमा कोरोनाको संक्रमण हुन सक्ने जोखिम भएकाले सरकारले लकडाउन गरेको हो ।

Last modified on 2020-03-23 20:06:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts