कोराेना पुष्टि भएकी किशाेरी सवार विमानका यात्रु खोज्न इडीसीडिलाई दिइयाे २४ घन्टा



Download our app to get more features

काठमाडौं, १० चैत । स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) कोरोना भाइरसको संक्रमण देखिएकी युवती चढेको विमानमा सवार अन्य यात्रुको खोजी गर्न निर्देशन दिएको छ ।

इकाईले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई विमानमा सवार अन्य यात्रुसहित ती युवातीसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको २४ घन्टाभित्र खोजी गर्न निर्देशन दिएको हो । 

यही ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि इकाईले अन्यको पनि खोजी सुरु गर्न निर्देशन दिएको जनाइएको छ ।

कोरोना संक्रमण देखिएकी ती युवतीको टेकुस्थित शुक्रराव ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

Last modified on 2020-03-23 19:45:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts