कोभिड–१९ को सम्भावित जोखिमलाई कम गर्न त्रिवि प्रतिवद्ध

काठमाडौं, १० चैत । त्रिभुवन विश्व विद्यालयले कोभिड–१९ को सम्भावित जोखिमलाई कम गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा रहेका स्रोत, साधन,संरचना र जनशक्तिको अधिकतम प्रयोग गर्नमा प्रतिवद्ध रहेको बताएका छन् ।
उनले विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभागहरु र उपकरणपनि प्रयोग गर्न सकिने र आवश्यक परेमा त्यहि परीक्षण पनि गर्न सकिने पनि प्रतिवद्धता जनाएका छन् ।