दादुरा रुबेला खोप अभियान स्थगित

काठमाडौं, १० चैत । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले फागुन १ गतेदेखि सुरु गरेको देशव्यापी दादुरा रुबेला खोप अभियानको दोश्रो चरणको कार्यक्रम प्रभावित भएको छ ।
खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मी तथा सर्वसाधारण समेत डराइरहेका बेला मन्त्रालयले चैत मसान्तसम्मका लागि खोप अभियान स्थगन गरेको हो । मन्त्रलायले कार्यक्रम सुरु भैसकेका ठाउँमा भने भिडभाड नगरि कार्यक्रम सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
फागुन १ गतेबाट एक महिना प्रदेश १, २ र ५ मा सञ्चालन भएको अभियान चैत १ देखि बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको थियो ।