सरकारी निर्णयको बर्खिलापमा स्वास्थ्य मन्त्रालय, दर्जनौं पत्रकार बोलाएर सम्मेलन



Download our app to get more features

काठमाडौं, १० चैत । गृह मन्त्रालयले बढ्दो कोरोना संक्रमणको त्रास र जोखिम न्यूनिकरणका लागि गरेको २५ जनाभन्दा बढि व्यक्ति जम्मा हुन नपाउने नियमको स्वास्थ्य मन्त्रालयले नै अवज्ञा गरेको छ । 

जनताको स्वास्थ्यको मुख्य जिम्मेवार मन्त्रालय स्वास्थ्य मन्त्रालयले नै यस्तो कार्य गरेपछि पत्रकार सम्मेलन स्थलमै मन्त्री लगायत जिम्मेवार पदाधिकारीको आलोचना भएको थियो । कोरोना संक्रमणको विषयलाई लिएर मन्त्रालयको आकस्मिक सम्मेलन भन्दै खबर गरिएको कार्यक्रममा पत्रकारहरु पेशागत बाध्यताका कारण पुगेका थिए । तर, मन्त्रालयको हल यति खचाखच थियो कि त्यहाँ कम्तिमा एकसयजना भन्दा बढि सहभागी थिए । 

कोरोना संक्रमणको ताजा अवस्था र सरकारी कृयाकलापका विषयमा भिडियो कन्फ्रेन्स गरेर जानकारी दिन पत्रकारहरुले सुझाव दिएपनि मन्त्रालय आफै त्यसको वर्खिलापमा गएको हो । 

मन्त्रालयले दोश्रो व्यक्तिमा कोरोना संक्रमण भएको जानकारी दिन गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका टेकुका पदाधिकारी एवं टेकु अस्पतालका समेत अधिकारीहरु सहभागी थिए । जबकी कोरोना संक्रमण फेला परेको महिलालाई अहिले टेकु अस्पतालमा राखिएको छ । टेकु अस्पताल र स्वास्थ्य सेवा विभागको कार्यालय एउटै परिसरमा रहेको छ । 

गृह मन्त्रालयले भिडभाड नगर्न निर्देशन दिएका बेला विषयगत मन्त्रालयबाटै भएको यस्तो लापर्वाहीलाई जानकारहरुले आलोचना गरेका छन् । इटलीमा देखिएको महामारीलाई लिएर सरकार र नागरिकको हेलचेक्राईं भनेर आलोचना भइरहेका बेला नेपालमा भने सरकारी अधिकारीहरु नै कोरोना भेटिनुलाई ठूलै उपलब्धि झैं गरि पत्रकारको भीड जम्मा गर्न उद्दत देखिएको हो । 

Last modified on 2020-03-23 13:24:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts