टेकु अस्पतलमा पहिलो पटक भेन्टिलेटर जडान, कोरोनाको उपचारकालागि सहज हुने

What's This?


Download our app to get more features

काठमाडौं, १० चैत । शुक्रराज तथा सरुवारोग अस्पतालमा अत्याधुनिक सुविधासहितका भेन्टिलेटर जडान गरिएको छ ।

निक साइमन्स  इन्स्टिच्यूट (एनएसआई) ले स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई अनुदानमा दिएको अत्याधुनिक सुविधा सहितको १० वटा भेन्टिलेटर पहिलो पटक अस्पतालमा जडान गरिएको हो ।

विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको उपचारमा सहज हुने भन्दै एनएसआई सरकारलाई अनुदान स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो । मुलुकको एक मात्र सरुवारोग अस्पताल भएका कारण बिरामीको संख्यापनि बढी हुने हुँदा भेन्टिलेटर जडान गरिएको बायो मेडिकल इन्जिनियर हरि दवाडीले जानकारी दिए ।

झन्डै साढे एक करोडको लागतमा एनएसआईले अमेरिकाको एक गैर सरकारी संस्थाबाट भेन्टिलेटर सहयोग पाएको थियो । सोही भेन्टिलेटर एनएसआईले स्वास्थ्य सेवा विभागलाई दिँदै टेकु अस्पतालमा जडान गरिएको हो । भेन्टिलेटर आज औपचारिक रुपमा अस्पताललाई दिने कार्यक्रम रहेको छ ।

Last modified on 2020-03-23 14:01:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts