विरगञ्जवासी रुगंटामा कोरोना भएको हल्लामात्रै



Download our app to get more features

विरगञ्ज, १० चैत । विरगञ्जका उद्योगी शिवकुमार रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको जनाइएको छ ।

आइतवार विभिन्न सञ्चार माध्यममा रुगंटालाई कोरोना भएको पुष्टि भएको भन्दै समाचार आएपछि विरगञ्जसहित आसपासका क्षेत्र त्रसित बनेको थियो । 

भारतीय सञ्चारमाध्यमको दावीमा सत्यता नभएको भन्दै नेपाली उद्योगी शिवकुमार रुगंटालाई कोरोना भाइरसको संक्रमण नभएको भतिजा आकाश रुगंटाले विभिन्न समाचारमाध्यमबाट पुष्टी गरेका छन् । 

उनले बिहारको राजधानी पटनामा रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (पिएमसिएच) ले दुई दिनअघि सार्वजनिक गरेको रिपोर्टको आधारमा शिवकुमार रुगंटामा कोरोनाको कुनै संक्रमण नभएको बताएका हुन् । 

अस्पतालको रिपोर्टमा उनको उमेर ५२ वर्ष बताइए पनि उनको वास्तविक उमेर ६७ वर्ष र उनी वीरगञ्ज आदर्शनगर निवासी हुन् । 

उनको रगतमा कोरोना भाइरसको संक्रमण सकारात्मक भएको समाचार फैलिएसँगै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले परिवारका १८ सदस्यमध्ये १३ जनालाई घरभित्रै ‘क्वारेन्टाइन’ मा राखिएको बताएका थिए । यस्तै, अन्य ५ जनालाई पटनामा डाक्टरको निगरानीमा राखिएको बताइएको थियो । 

रुगंटाको केही समयअघि दुवै मृगौला काम नलाग्ने भएपछि श्रीलंकामा प्रत्यारोपण भएको बताइएको छ ।

गत साता आदर्शनगरस्थित आफ्नो फ्याक्ट्रीमा बसेको बेला एक्कासी ज्वरो आएपछि उनले आफ्नो नीजि चिकित्सकलाई चेकजाँच गराएको र चिकित्सककै सल्लाह मुताविक थप परीक्षणका लागि पटना पुगेका थिए । 

Last modified on 2020-03-23 14:00:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts