कोरोना आशंकामा सेती अस्पताल भर्ना भएकी सांसद रिर्पोट नआउँदै भागिन्



Download our app to get more features

धनगढी, ९ चैत । कोरोना भाईरसको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी महिला सांसद फरार भएकी छिन् । 

शुक्रबार उच्चवज्वरो र रुघाखोकी लागेपछि सेती अस्पताल भर्ना भएकी नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा अस्पतालबाट भागेकी हुन् ।

अस्पताल स्रोतका अनुसार थापाको नमूना संकलन गरी परिक्षणकालागि काठमाडौँ पठाईएकोमा आईतबार दिउँसो चिकित्सकसँग सल्लाह नै नगरी आईसोलेसन वार्डबाट उनी भागेकी हुन् ।

कोरोना आशंकामा सांसद अस्पताल भर्ना भएको समाचार सार्वजनिक भएपछि राजनीतिक दवावमा अस्पतालबाट उनी भागेको दावी स्रोतको छ । तर, अस्पतालले भने उनको नाम सार्वजनिक भने गरेको थिएन् । स्रोतका अनुसार थापाको प्रहरीले अहिले खोजी गरिहेको छ ।

Last modified on 2020-03-23 14:18:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts