कोरोना आशंकामा सुदूरपश्चिमकी महिला सांसद सेती प्रादेशिक अस्पताल भर्ना

धनगढी, ९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा सुदूरपश्चिमकी एक महिला सांसद अस्पताल भर्ना भएकी छिन्। रुघाखोकी र ज्वरोको संक्रमणपछि सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सेती प्रादेशिक अस्पताल भर्ना भएको बताईएको छ।
अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डा. जगदिशप्रसाद जोशीले प्रदेश सभा सदस्यलाई उज्च ज्वरो देखिएपछि आईसोलेसन वार्डमा राखिएको पुष्टि गरे। तर ती सांसदको नाम भने खुलाईएको छैन्।
उनको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाईएको डा. जोशीले बताए। तर रिर्पोट आएको छैन् । उनलाई शुक्रबारदेखि आईसोलेसन वार्डमा राखिएको छ।
Last modified on 2020-03-23 14:20:18