शुक्रराज ट्रपिकलले माग्यो करारमा ४४ जना स्वास्थ्यकर्मी

काठमाडौं, ९ चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न ४४ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिरहेको भन्दै अस्पतालले करारमा कर्मचारी माग गरेको हो ।
माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् ।
अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।
यस्तो छ आवेदन माग गरिएका पद :
Last modified on 2020-03-22 09:46:19