गड्डाचौकीबाट भित्रिएका २ जना कोरोनाको आशंकामा महाकाली अस्पतालमा

धनगढी, ८ चैत । गड्डाचौकीबाट भित्रिएका २ जनालाई कोरोना भाइरसको आशंकामा महाकाली अस्पतालमा भर्ना गरिएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका दुई नेपाली नागरिकमा कोरोना जस्तै मिल्दो जुल्दो लक्षण देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो ।
भारतबाट आएका उनीहरुलाई नाकामा चेकजाँच गर्दा ज्वरो आएको भेटिएकाले अस्पतालमा भर्ना गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका भेक्टर कन्ट्रोलर सुपरभाइजर सिद्धराज भट्टले बताए ।
उनीहरुलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए । साथै ती दुबैको नमूना संकलन गरेर स्थास्थ्य जाँचका लागि काठमाडौँ पठाउने तयारी भइरहेको भट्टले बताए ।
Last modified on 2020-03-21 16:33:31