स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्योः ओपिडी नरोक्नू, फिभर क्लिनिक चलाउनू



Download our app to get more features

काठमाडौं, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई तत्काल ओपिडी सेवा नरोक्न निर्देशन दिएको छ । 

यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा शुक्रवार बसेको बहुपक्षीय बैठकले ५० शैया वा सोभन्दा बढिका अस्पतालमा तत्कालका लागि सामान्य बिरामी जाँच र शल्यक्रिया चैत मसान्तसम्म नगर्न निर्देशन दिएको थियो । तर, सो निर्णयसँगै अस्पतालहरुले ओपिडी सेवा जारी राख्ने वा बन्द गर्ने भन्ने दुविधा व्यक्त गरेकाले ओपिडी सञ्चालन नरोक्न मन्त्रालयले भनेको हो । मन्त्रालयले अस्पतालहरुलाई विस्तारित ओेपिडी सेवा भने रोक्न निर्देशन दिएको छ । 
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सबै अस्पताललाई फिभर क्लिनिक अनिवार्य चलाउन पनि निर्देशन दिइएको छ । सबै अस्पतालले क्लिनिक सञ्चालनका साथै आइसोलेशन बेडको व्यवस्था गरेर शंकास्पद बिरामीलाई राख्नुपर्नेछ ।शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुका साथै नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन मन्त्रालयले मातहतका र निजी अस्पतालहरुलाई समेत निर्देशन दिइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts