कोरोना आशंकामा सुदूरपश्चिमका हालसम्म १० जनाको नमूना संकलन, ७ जनाको रिर्पोट नेगेटिभ



Download our app to get more features

धनगढी, ८ चैत । सुदूरपश्चिमबाट कोरोना भाइरसको संक्रमण भएको आशंकामा अहिलेसम्म १० जनाको नमूना संकलन गरिएको छ ।

प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालबाट १० जनाको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट अस्मिता सापकोटाले १० जनाको नमूना परिक्षणका लागि पठाइएकोमा ७ जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिइन् । सापकोटाका अनुसार शुक्रबार मात्र सेती प्रादेशिक अस्पतालबाटै तीन जनाको नमूना संकलन गरी पठाईएको छ । उनीहरुको रिर्पोट आईनसकेको प्रादेशिक प्रयोगशालाले जनाएको छ ।
 

Last modified on 2020-03-22 14:38:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts