नर्भिकले भन्योः संक्रमित भेटिएको भन्ने सूचना 'अपराधपूर्ण अफवाह'

काठमाडौं, ८ चैत । नर्भिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको भन्ने विषय सामाजिक सञ्जालमा भाइरल भएसँगै अस्पतालले खण्डन गरेको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै हालसम्म अस्पतालमा कोहीपनि कोरोना संक्रमित फेला नपरेको जनाएको हो । अस्पतालका कार्यकारी निर्देशकलाई उदृत गर्दै जारी गरिएको विज्ञप्तिमा हालको जटिल तथा संवेदनशिल अवस्थामा सबै निकाय एकजुट भै लाग्नुपर्ने बेला यस्ता भ्रमपूर्ण समाचार आएको भन्दै खेद प्रकट गरेको छ । अस्पतालले त्यस्ता कपोलकल्पित समाचार प्रकाशन हुनुलाई अपराधपूर्ण अफवाहको संज्ञा पनि दिएको छ । अस्पतालमा केही व्यक्तिलाई संक्रमण देखिएका र तिनको मृत्यु भएको भन्ने सूचनाहरु सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालले प्रतिक्रिया जनाएको हो ।
यस्तो छ विज्ञप्ति
Last modified on 2020-03-22 14:37:51