चितवनमा कोरोनाको आशंकामा दुई जना आइसोलेसन वार्डमा

What's This?


Download our app to get more features

चितवन, ८ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको आशंकामा दुई जनालाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।  

उनीहरूको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएकाले छुट्टै राखेर परीक्षण एवं उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । फागुन १९ गते मलेसियाबाट फर्केका ३२ वर्षीय पुरूषलाई शुक्रवार र भारतबाट तीन दिनअघि फर्केका २१ वर्षका अर्का पुरूषलाई आज आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरू दुवैको परिचय खुलाइएको छैन भने परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

ती दुई व्यक्तिमा लक्षण कोरोनासँग मिल्ने देखिएको र बाहिरी देशबाट आएको हुनाले छुट्टै राखेर परीक्षण एवं उपचार गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई बताए ।

नेपालमा समेत यसको जोखिम रहेको भन्दै उनले कोरोना देखिएको भन्ने हल्लाको पछि नलाग्न र उच्च सर्तकता अपनाउन उनले सबैमा अनुरोध गरेका छन् । 

भरतपुर अस्पतालमा हालसम्म चार जनाको कोरोना परीक्षण भएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि भरतुर अस्पतालमा कोरोनाको बिरामी भेटिएको भन्ने हल्लाले सर्वसाधारणमा त्रास छाएको थियो । हालसम्मको रिपोर्ट अनुसार कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै १९ शय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ । यस्तै अस्पतालले १३ सदस्यीय कोभिड –१९ आउटब्रेक म्यानेजमेन्ट टीम बनाएको छ  ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts