देशमा स्वास्थ्य संकटकाल लाग्नसक्छः स्वास्थ्यमन्त्री 



Download our app to get more features

काठमाडौं, ८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई नेपालमा प्रवेश गर्न निषेध गर्ने नीतिमा हालसम्म सफल भएपनि यसको रोकथामका लागि स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने बताएका छन् । 

पत्रकार ऋषि धमलासँग प्राइम टाइम्स टिभीमा कुरा गर्दै मन्त्री ढकालले कोरोना भाइरस रोकथामका लागि उच्चस्तरीय निर्णयहरु गरेर सरकार सक्रिय रहेको जनाएका छन् । देशमा उपलब्ध साधनस्रोत र प्राप्त सहयोगहरुलाई सदुपयोग गर्दै सरकारले अधिकतम तयारी र सतर्कता अपनाइएको मन्त्री ढकाललको भनाइ छ । कोरोना भाइरस नियन्त्रणका लागि शुक्रवारमात्रै आफुले मेडिकल काउन्सिल, मेडिकल एशोसियसन, निजी अस्पताल संघ लगायतका प्रतिनिधिसँग छलफल गरेर अत्यावश्यक १५ बुँदे निर्णय गरेको भन्दै मन्त्री ढकालले सबै मिलेर कोरोना रोकथाममा एकजुट हुन अपिल गरे । 

कोरोना संक्रमण जाँचका लागि आवश्यक उपकरण र किटहरु अपुग रहेको भन्दै मन्त्री ढकालले त्यसका लागि खरिद गर्ने र सहयोग माग्ने प्रकृया अघि बढेको बताए । मन्त्री ढकालले आतंकित हुनुभन्दा सजग भएर रहन सबैलाई आग्रह गरेको उनको भनाइ छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts