नयाँ बसपार्कमा सुरु भयो हेल्थ डेस्क, ८ स्वास्थ्यकर्मी रहने



Download our app to get more features

काठमाडौं, ७ चैत । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले राजधानीको नयाँ बसपार्कमा हेल्थ डेस्क स्थापना गरेको छ ।

कोरोना भाइरसको त्रासले मानिसहरु भटाभट गाउँ फर्कन थालेपछि विभागले ८ जना स्वास्थ्यकर्मी राखेर बसपार्कमा हेल्थ डेस्क स्थापना गरेको हो ।

डेस्कको शुक्रवार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले सुरुवात गरे ।

हेल्थ डेस्क प्रत्येक दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने विभागकी वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. पोमा थापा मगरले जानकारी दिइन ।

नयाँ बसपार्कबाट सामान्यतया दैनिक १५ हजार यात्रु आवतजावत गर्ने गरेका छन् । यो अवस्थामा थप वृद्धि भएको छ । ४ सय बस लामो दुरीका लागि र १ सय ५० छोटो दुरीका बसहरु आवतजावत हुने बसपार्कबाट संक्रमणका आशंका भएका बिरामी आवतजावत नगरुन भने डेस्क स्थापना गरिएको विभागले जनाएको छ ।

Last modified on 2020-03-20 19:54:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts