काेराेनाकाे आशंकामा परीक्षण गरिएका नयाँ २४ वटा नमूना पनि नेगेटिभ

काठमाडौं, ७ चैत । काेराेना भएकाे आशंकामा परीक्षण गरिएका पछिल्ला २४ जनाको नमूनामा पनि काेराेना नेगेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले आशंका गरिएका थप २४ जनाको नमूना परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको बताइन् ।
यो सँगै नेपालमा कोरोनाको आंशकामा नमूना परीक्षण गरिएकाहरुको संख्या ५ सय ४७ पुगेको छ ।
Last modified on 2020-03-20 19:21:08