प्रधानमन्त्री ओलीको सम्बोधनः सार्क इमरजेन्सी फण्डका लागि १० करोड, सबै कार्यालय बन्द गरिने



Download our app to get more features

काठमाडौं, ७ चैत । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशवासीको नाममा सम्बोधन गरेका छन् । 

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि २१ गतेसम्म लामो दूरीका सवारी साधन, सामुदायिक, सार्वजनिक, निजी सबै कार्यालयपनि बन्द गर्ने बताए । उनले विदेशबाट विदामा घर फर्केका नेपाली युवालाई परेको अप्ठ्यारोप्रति क्षमा माग्दै परेको हुँदा नआत्तिन आग्रह गरे । 

उनले सार्क मुलुक स्तरीय कोभिड १९ नियन्त्रणका लागि गठिन इमरजेन्सी फण्डका लागि नेपालले १० करोड सहयोग उपलब्ध गराउने भन्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले छिमेकी मुलुकसँग सहकार्य गरिरहने उल्लेख गरे ।

Last modified on 2020-03-20 18:45:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts