वीर, धुलिखेल अस्पताल र बीपी कोइराला प्रतिष्ठानमा पनि कोरोना परीक्षण गर्ने निर्णय



Download our app to get more features

काठमाडौं, ७ चैत । सरकारले कोरोना भाइरस (कोभिड–१९) तत्काल परीक्षणका लागि वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई निर्देशन दिएको छ । कोभिड–१९ को नमूना परीक्षण गर्न यी अस्पताल योग्य भएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहजीकरण गर्नेछ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि शुक्रबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरस समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तिमा २० हजार नमूना परीक्षणको लागि तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ । 

बैठकका अन्य निर्णयहरु


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts