स्वास्थ्य विभागले थाल्यो दूर चिकित्सा सेवाको तयारी

काठमाडौं, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग उपचारात्मक सेवा महासाखाले दूर चिकित्सा सेवाको लागि तयारी थालेको छ । यसका लागि महासाखाले तयार गरेको दूर चिकित्सा सेवा मापदण्ड तथा कार्य संचालन विधि मन्त्रालयले स्विकृतको क्रममा रहेको र दूर चिकित्सा कार्यक्रम सञ्चालन निर्देशिनका स्वास्थ्य विभागबाट स्विकृत भइसकेको छ ।
दूर चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश १ को प्रादेशिक हबका रुपमा कोशी अस्पताललाई तोकिएको छ । यसका लागि आवश्यक उपकरण र भौतिक मापदण्ड तयार गर्न विभागले पत्र समेत पठाइसकेको छ । यस कार्यका लागि सात लाख १५ हजार बजेट उपचारात्मक सेवा महाशाखाबाट व्यवस्था गरिएको र यसका लागि महाशाखासँग समन्वय गरी आवश्यक सामाग्री तथा उपकरण आर्थिक परिधिभित्र रहि खरिद गरी भुक्तानी मागका लागि अनुरोध गरिएको छ ।