कोरोना भाइरसको संक्रमण रोक्न नेपालले खाडी सहितका मुलुकमा लगाएको प्रतिबन्ध आजबाट लागू हुँदै
यस्तो छ प्रतिबन्धित मुलुकको सूचिः

काठमडौं, ७ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै युुरोपसहित खाडी मुलुकमा लगाईएको प्रतिबन्ध आजबाट लागू हुँदैछ ।
यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने सरकारको निर्णय आज मध्यरातबाट लागू हुने जनाइएको छ ।
अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाउने छैनन् ।
यस्तै सरकारको निर्णयअनुसार वायुसेवा कम्पनीहरुको धेरै उडान स्वतः बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालले प्रतिबन्ध लागेका ६८ मुलुकमध्ये ९ देशसँग नेपालको सिधा हवाई सम्पर्क स्थापित थियो । ९ देशका ११ गन्तब्यलाई नेपालबाट १३ वटा एयरलाइन्सले जोडिरहेका थिए । अब ती देशसँग हवाई सम्पर्कसमेत टुटेको छ ।
यस्तो छ प्रतिबन्धीत मुलुकको सूचीः
यूरोप
रसिया
जर्मनी
बेलायत
फ्रान्स
इटली
स्पेन
युक्रेन
पोल्याण्ड
रोमानिया
नेदरल्याण्ड
बेल्जियम
चेक रिपब्लिक
ग्रीस
पोर्चुगल
स्वीडेन
हंगेरी
बेलारुस
अष्ट्रिया
सर्विया
स्वीटजरल्याण्ड
बुल्गेरिया
डेनमार्क,
फिनल्याण्ड
स्लोभाकिया
नर्वे
आयरल्याण्ड
क्रोएसिया
मोल्दोभा
बोस्निया हर्जगोभिना
अल्वानिया
लिथुवानिया
नर्थ म्याकडोनिया
स्लोभानिया
लात्भिया
इस्टोनिया
मोन्टेनेग्रो
लक्जेम्वर्ग
माल्टा
आइसल्याण्ड
अन्डोरा
मोनाको
लिचेन्स्टाइन
सानमारिनो
होली सी
पश्चिम एसिया र गल्फ
टर्की
इराक
यमन
सिरिया
अजरवैजान
यूएई
इजरायल
जोर्डन
लेवनान,
प्यालेस्टाइन
ओमान
कुवेत
जर्जिया
अर्मेनिया
कतार
बहराइन
साइप्रस
साउदी अरेविया
अन्य
इरान
मलेसिया
दक्षिण कोरिया
जापान
नेपालको सिधा सम्पर्क को सँग टुट्योः
देश | वायुसेवा कम्पनी | गन्तव्य |
टर्की | टर्किस एयरलाइनस | इस्तानबुल |
यूएई
|
फ्लाइ दुबई | दुबई
|
नेपाल एयरलाइन्स | ||
हिमालय एयरलाइन्स | ||
हिमालय एयरलाइन्स | सारजाह
|
|
इत्तिहाद | ||
एयर अरेविया | ||
कतार
|
नेपाल एयरलाइन्स | दोहा
|
हिमालय एयरलाइन्स | ||
कतार एयरवेज | ||
साउदी अरेविया | हिमालय एयरलाइन्स | दमाम |
कुवेत | जजिरा | कुवेत सीटी |
ओमान
|
ओमान एयर | मस्कट
|
सलाम एयर | ||
मलेसिया
|
नेपाल एयरलाइन्स | क्वालालाम्पुर
|
हिमालय एयरलाइन्स | ||
मलेसिया एयरलाइन्स | ||
मालिन्दो एयर | ||
दक्षिण कोरिया | कोरियन एयर | सियोल |
जापान | नेपाल एयरलाइन्स | नारिता |
कूल : ९ देश | १३ एयरलाइन्स | ११ गन्तब्य |