महामारी नियन्त्रण गर्न सबै क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री बराल

रुपन्देही, ७ चैत । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले महामारी नियन्त्रण गर्नका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरेको महामारी रोकथाम सम्बन्धी कार्यक्रममा बोल्दै उनले कुनैपनि महामारी नियन्त्रणका लागि सरकार एक्लैले नभइ सम्बन्धीत सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।
उनले जनस्वास्थ्य सम्बन्धी सरोकारका विषय र जानकारीमुलक सन्देश सर्वसाधारण समक्ष नपुग्दा सोचे अनुसारको प्रगति हासिल हुन नसकिरहेको बताए ।
स्वास्थ्य निकै संवेदनशिल विषय भएपनि योजना निर्माण र कार्यन्वयनको ढाँचा भने समय अनुकुल नहँुदा विनियोजन गरिएको बजेट समेत खर्च हुन नसकिरहेको मन्त्री बरालले बताए ।
कार्यक्रममा स्वास्थ्य निर्देशक डाक्टर निोद गिरी ,सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरी लगाएतले बोलेका थिए । ३ दिने महामारी रोकथाम कार्यक्रम प्रदेश पाँचका १२ जिल्लाका अस्पताल गाउँपालिका तथा नगरपालिका भित्रका स्वास्थ्य संयोजकहरु सुरक्षाकर्मी प्रशाशन र संञ्चारकर्मि लगाएको सहभागी रहेको स्वास्थ्य निर्देशनालयले स्वास्थ्य अधिकृत गोपाल प्रसाद गौतमले बताए ।