बाजुराका चार स्थानमा हेल्थ डेस्क, जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिने



Download our app to get more features

बाजुरा, ६ चैत । कोरोना भाइरस (कोेभिड–१९) को सङ्क्रमणबाट जोगिन सतर्कता साथै बाजुरामा आवतजावत गर्ने सर्वसाधारणको जाँचका लागि चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बुधवार प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । जिल्ला दैवी प्रकोप तथा उद्दार समितिको सर्वपक्षीय बैठकले नौ निर्णयसहित जिल्लामा आउने चार नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको प्रजिअ न्यौपानेले बताए ।

हेल्थ डेस्क पूर्वी–उत्तरी भेगको कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डीमा समेत स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए । उनका अनुसार बाजुरा अछामको सिमाना रहेको बूढीगङ्गा नगरपालिकाको इकडीगाड वा बाम्का बजार र जिल्ला सदरमुकाम मार्तडीको कारागार नजिकै रहेको बसपार्कमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको बताए ।

जिल्ला अस्पतालमा आइसोलेसन कक्ष 
जिल्लाको बडीमालिका नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल बाजुराले कोभिड–१९को सङ्क्रमण भएका बिरामीका लागि छुट्टै आइसोलेसन कक्ष स्थापना गरेको अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा दुई श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts