कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ध्यान नदिएको एनएमएको आरोप



Download our app to get more features

काठमाडौं, ५ चैत्र । नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले खासै ध्यान नदिएको भन्दै प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।

संघले बुधवार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको रोकथाम र सावधानीका लागि अपनाउनुपर्ने विषयमा सरकारले गरेको निर्णयहरु तुरुन्त कार्यान्वयन गर्न माग गरेको हो ।

साथै संघले देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि कोरोना भाइरसको संक्तमणबाट जोगिन सम्बन्धीत स्वास्थ्य संस्थाहरुले आन्तरिक निर्देशिका तयार गरी लागू गर्न पनि अनुरोध गरेको छ ।

यस्तो छ संघले निकालेको विज्ञप्तिः


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts