काेराेना सन्त्रास- अन्तत: एसईई स्थगित

काठमडौं, ५ चैत्र । बिहीवारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएको छ ।
कोरोना भाइरसको त्रासका कारण चौतर्फी दवाव परेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तिम समयमा स्थगित गरेको हो ।
यसअघि बुधवार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थानिा गरि शान्ति र सुरक्षापूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको थियो ।
एसईई परीक्षा स्थगित भएसागै मुलुकभरका झन्डै २ लाख विद्यार्थीको पढाई अन्यौलमा परेको छ ।