कोरोना भाइरसको महामारीबाट जोगिन विद्यार्थी संगठनको संयुक्त बैठक, यस्ता छन् निर्णय

काठमाडौं, ५ चैत्र । विश्वव्यापी महामारी घोषणा गरिएको नोवेल कोरोना भाइरसको संक्रमणबाट जोगिने विषयमा विभिन्न विद्यार्थी संगठन एकजुट भएका छन् ।
मंगलवार बसेको विभिन्न विद्यार्थी संगठनको संयुक्त बैठकमा महामारी बनेको कोरोना भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा छलफल गरेको हो । छलफलबाट आफू मातहतका समितिमार्फत देशव्यापी सचेतना अभियान गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाउन, आइसोलेसन वार्ड थप्न सरकारलाई अनुरोध गर्ने लगायत ६ वटा निर्णय गरिएको छ ।
यस्तो छ संगठनको संयुक्त बैठकबाट गरिएका निर्णयः