स्वास्थ्य मन्त्री ढकालको प्रेस सल्लाहकारमा तिवारी



Download our app to get more features

काठमाडौं, ४ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको प्रेस सल्लाहकारमा पत्रकार माधव तिवारी नियुक्त भएका छन् ।

मन्त्री ढकालले मंगलवार तिवारीलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

नुवाकोट स्थायी घर भएका तिवारी दैनिकी डटकमका सम्पादक हुनुका साथै प्रेस संगठनका केन्द्रीय सदस्य पनि हुन् । 

उनी करिब २ दशकयता पत्रकारितामा सक्रिय छन् । यसअघि उनि माउन्टेन टिभीका समाचार उपप्रमुख समेत रहेका थिए ।

मन्त्रीको प्रेस सल्लाहकार भएसँगै प्रतिक्रिया दिँदै तिवारीले स्वास्थ्य मन्त्रालयको सूचना प्रवाहमा प्रभावकारी काम गर्ने बताए ।

 

Last modified on 2020-03-18 15:18:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts