कोरोना त्रासः मेडिकल काउन्सिलले स्थगित गर्यो लाइसेन्स परीक्षा



Download our app to get more features

काठमाडौं, ४ चैत । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस संक्रमणको बढ्दो त्रासका बीच चिकित्सक दर्ताको आसन्न परीक्षा स्थगित गरेको छ । 

मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले आउँदो ८ गतेका लागि तय गरिएको दर्ता लाइसेन्सको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । काउन्सिलले अर्को परीक्षाको मिति पछि प्रकाशित गर्ने जनाएको छ । विश्व महामारीको सन्दर्भमा परीक्षार्थी तथा सहभागी सबैको स्वास्थ्यलाई ध्यान दिँदै परीक्षा कार्यक्रम स्थगित गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले प्रत्येक ३ महिनाको अन्तरालमा चिकित्सकको लाइसेन्स परीक्षा लिने गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts