डोटीको बुडरमा हेल्थ डेस्क स्थापना

डोटी, ४ चैत । कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट सर्तकता अपनाउन डोटीको बुडरमा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ। जोरायल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय डोटीको सहकार्यमा हेल्थ डेस्क स्थापना गरिएको हो।
विशेषगरी भारतबाट आउने पहाडी जिल्लाका यात्रुहरु डोटीको बुडर हुँदै जाने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क स्थापना गरेको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सुर्य विष्टले बताए।
‘पहाडी सातै जिल्लाका यात्रुहरुले बुडर भएर यात्रा गर्ने भएकाले स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो’ उनले भने, ‘हेल्थ डेस्कमा बस्ने २ जना स्वास्थ्यकर्मीले यात्रुहरुलाई कोरोनासम्बन्धी परार्मश प्रदान गर्नेछन् र शंका लागेका यात्रुको चेकजाँच समेत गर्नेछन्।’