कोरोना भाइरस नेगेटिभ देखिएका एक बिरामीको पुनः परीक्षण गरिँदै, शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, ४ चैत । एक साता अघि कोरोना भाइरस नेगेटिभ देखिएका एक बिरामीमा कोरोनाको जस्तैं लक्षण देखिएपछि पुनः परीक्षण गर्न लागिएको छ ।
दुई सातअघि अमेरिकाबाट फर्किएका ५८ वर्षीय पुरुषको अघिल्लो साता टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो । तर, ती व्यक्तिमा पुनः उस्तै लक्षण देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गएिको छ । उनलाई कोरोना संक्रमण हुन सक्ने आशंकामा दोहोर्याएर नमूना परीक्षण गर्न टेकु पठाउन लागिएको अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा यसअघि कोरोना संक्रमण नदेखिएकाले आत्तिनु पर्ने अवस्था छैन ।
तर, ती व्यक्ति कोरोना संक्रमित भएको आशंकाका बारेमा हल्ला चलेपछि अस्पतालमा आएका बिरामी पनि केही हदसम्म आतंकित देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।