चीन र थाईल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका चारै जनाको रिपोर्ट आयो



Download our app to get more features

धनगढी, ४ चैत्र । धनगढीस्थित सेती अस्पतालको आईसोलेसन वार्डमा पनि अहिलेसम्म चार जना कोरोना भाइरसको आशंकामा भर्ना भएका थिए ।

तीन जना चीनबाट फर्किएका र एक जना थाईल्याण्डबाट फर्किएका युवकलाई कोरोना भएको आशंकामा अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको थियो । चारै जनाको कोरोना परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

चारै जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरु घर फिर्ता भईसकेको बताउँदै डाक्टर जोशीले भने, ‘अधिकाशंमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएको छ । एक जनामा भने क्षयरोग देखिएको थियो ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts