६ अर्बको सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक अस्पतालको गुरु योजना मुख्यमन्त्रीलाई हस्तान्तण



Download our app to get more features

रुपन्देही, ४ चैत्र । लुम्बिनी प्रादेशिक अस्पतालको गूरु योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । 

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतमले सोमबार हस्तान्तरण गरेका हुन् ।

प्रदेश सरकारले प्रदेश योजना आयोगलाई अस्पतालको गुरुयोजना बनाउन जिम्मेवारी दिएपछि ईन्जिनियर बिष्णु पन्थीले तयार गरेको गुरुयोजना आज मुख्यमन्त्रीकार्यलयमा हस्तान्तण गरिएको हो ।

गुरुयोजनाले यस क्षेत्रका नागरीकको पहुंचको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक भौतिक संरचना सहितको अस्पतालको रुपमा तयार हुने छ । अस्पतालको गुरुयोजनामा कार्यान्वयन हुदा लुम्विनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा सहितको अत्याधुनिक र सुबिधा सम्पन्न बन्ने छ ।

अस्पतालको नया बन्ने १० तले भवनको प्रारम्भिक डिजाईन प्रस्तुत गर्दै ईन्जिनीयर बिष्णु पन्थीले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय शय्याको अत्याधुनिक सुविधा सहितको अस्पताल योजना बनाएको बताए ।

अस्पतालको गुरुयोजना कार्यान्वयन गर्न बाधा भएपछि प्रदेश सरकारले माघको अन्तिम साता अस्पतालका सटरहरु भत्काएको थियो । नया अस्पताल बनाउदा उत्तर तर्फको पेट्रोल पम्प र रक्त संचार केन्द्र देखि दक्षिण तर्फ ईलाका बन कार्यालय (ईलाका प्रशासन कार्यालय) रहेको क्षेत्र समेत अस्पताल भित्र समेटिने छ ।

त्यसैगरी अस्पताल परिषरमा सुन्दर बगैचा र पश्चिमतर्फ पर्ने कालिका पथमा समेत २ वटा प्रवेशद्धार रहने गरी गुरुयोजना तयार गरीएको छ । नया अस्पताल निर्माणका समयमा भने सेवा प्रवाहमा असर पर्ने छैन ।

गुरुयोजना अनुसार भुमिगत २ तला सहित दशौं तलाको अस्पतालको मुख्य भवनमा सात सय शैया हुने छन् भने प्रसुति तथा बाल वार्ड, क्यान्सर वार्ड लगायत ५ सय शय्या गरी १२ सय शैया हुने गरी प्रस्ताव गरीएको छ ।
अस्पतालमा क्याथल्याब, एमडिआईसियू, एसआईसियू, सिसियू, सिटिभी र स्वीट वार्डको समेत डिजाईन गरिएको छ । भने मुख्य भवनको छतमा हेलिप्याड रहने छ जहाबाट सिधै ईमरजेन्सीमा झर्न मिल्ने गरि लिफ्ट बनाईने छ । भवन निर्माणमा ६ अर्व लाग्ने अनुमान गरीएको छ ।

मुख्य भवनको अण्डरग्राउण्डमा १ सय ५८ वटा कार, जिप र १ सय २२ वटा मोटरसाईकल पार्किङ गर्न मिल्ने गरि पार्किङ बनाईने छ भने क्यान्सरका बिरामीलाई उपचार गर्दा रेडियस बाहिर नजाने गरि बंकरको समेत डिजाईन गरिएको छ ।

त्यसैगरी गूरुयोजनामा करीव २ अर्व लागतमा चिकित्सक आवास तथा अस्पतालको उत्तर तर्फको जग्गामा ३ अर्वको लागतमा ब्यवसायीक भवन बनाउने गरि गुरुयोजना तयार भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा बनेका संरचना खाली गराउदा ब्यवसायीहरुले अवरोध गरेको तर्फ संकेत गर्दै अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन लागेको भन्ने नबुझ्दा समस्या उत्पन्न भएको बताए ।

अस्पतालको जग्गाबाट सटर र घर टहरा हटाईदा तत्कालको लागि केहि व्यवसायीलाई मर्का परेको जस्तो देखिएपनि सरकारको यो निर्णय अस्पतालको विकास र भविश्यको लागि गरिएको हो मुख्यमन्त्रीले भने ।

अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले हाल उक्त भवनमा रहेका वार्डहरुलाई पश्चिम तर्फ निर्माण भईरहेका भवनमा स्थानान्तरण गर्ने तयारी भई रहेको बताए ।

भटराईले अस्पतालको भवन निर्माणका समयमा हाल प्रदान गरी रहेको सेवा अवरुद्ध नहुने गरि गरिने तथा ओपिडी र ईमरजेन्सी वार्ड अस्थायी संरचना निर्माण गरिने बताए । 


तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध
चन्द्रकान्त खनाल
रुपन्देही ३ चैत्र तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो ।
नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ ।

 नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा फोहोर जथाभावी फ्याक्नेको विषयमा सप्रमाण उजुरी गर्ने सूचकलाई जरिवाना गरिएको रकमको २५ प्रतिशत र ७५ प्रतिशत टोल विकास संस्थाको कोषमा रहने व्यवस्था छ ।

पछिल्लो समय नगरपालिकामा जथाभावी फोहोर फाल्नेहरु धमाधम कारवाहीको दायरमा आउन थालेका छन् । केही दिन अघि वडा नं. १४ मा जथाभावी फोहोर फाल्नेलाई ५ हजार जरिवाना तिराइएको थियो भने केही समय पहिले सार्वजनिक स्थानमा फोहोरो फाल्ने व्यापारिक प्रतिष्ठानलाई ६० हजार जरिवाना गरिएको थियो । 

मुलुकमा पहिलो पटक शुन्य पोलिथिन तथा पूर्णसरफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमाले जथाभावी फोहोर गर्नेहरुलाई कारवाहीमार्फत् सचेत गराउन थालेको छ । तिलोत्तमामा २०७४ साउनदेखि नियमित सरसफाई अभियान चल्दै आएकोमा सातमहिनायता शुन्य पोलिथिन अभियान चलेको छ ।

यहाँ मेरो खल्ती, मेरो पहिलो डष्टबिन को अवधारणा कार्यान्वयनमा छ । केही समयअघि संघीय सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । संघीय कानुनले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाएकोले तिलोत्तमाले त्यसलाई कार्यान्वयमा कडाई गर्न लागेको हो । यो निर्णयसँगै अब कसैले सरकारी वा सार्वजनिक कार्यालय, विद्यालय, कलकारखाना, सडक, प्रतीक्षालय मठमन्दिर, डिपार्टमेन्ट स्टोर, रंगशालालगायत मान्छे भेला हुने ठाउँमा धूमपान र सुर्ती सेवन गर्न पाउनेछैनन् ।

Last modified on 2020-03-17 14:18:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts