चिकित्सकमाथि हातपात प्रकरणः चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम
भैरहवा, ४ चैत । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारमा लापर्वाही भएको भन्दै आक्रोशित व्यक्तिहरुले चिकित्सकमाथि हातपात गरेपछि नेपाल चिकित्सक संघले आन्दोलनमा जाने चेतावनी दिएको छ ।
उपचारका क्रममा मृत्युवरण गरेको बिरामीका मान्छेले अप्रेशन थियटरबाट निक्लँदै गरेका चिकित्सकलाई ज्यान मार्ने नियतमा सांघातिक हमला गरेको भन्दै दोषीउपर कार्वाहीका साथै सुरक्षाको मागसहित नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । घटना भएकै दिन सोमबार अस्पताल प्रशासन र पीडित चिकित्सकले सिसिटिभी दृश्यसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र त्यस विषयमा सोमबारै जिल्ला प्रशासन कार्यालयमा बृहत छलफल गरेको पनि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले ४८ घण्टाभित्र दोषीलाई कार्वाही नगरे संघर्षका कार्यक्रम थाल्ने चेतावनीपनि दिएको छ । साथै, घटना भएसँगै अस्पतालको इमर्जेन्सी बाहेक काममा चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी नभएको पनि संघको विज्ञप्तिमा जनाइएको छ ।
के भएको थियो घटना ?
उपचाररत बिरामीको मृत्युपछि युनिभर्सल मेडिकल कलेजमा तनाव, चिकित्सकमाथि हातपात