उपचाररत बिरामीको मृत्युपछि युनिभर्सल मेडिकल कलेजमा तनाव, चिकित्सकमाथि हातपात



Download our app to get more features

भैरहवा, ३ चैत । टाउको दुखेर उपचार गराउन आएकी एक बिरामीको मृत्यु भएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवामा तनाव उत्पन्न भएको छ ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र डाक्टरबीच घम्साघम्सी हुँदा मेडिकल कलेजमा तनाव उत्पन्न भएको हो । नवलपरासीको बर्दघाट २ की यमकुमारी पुनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सक माथि हातपात गरेको अस्पतालले दावी गरेको छ । मृतकका आफन्तले उपचारमा संम्लग्न जुनियर रेसिडेण्ट (जेआर) डा. अर्चन घिमिरेलाई हातपात गरेका थिए । हातपात पछि डाक्टर घिमिरे सामान्य घाईते भएका छन् ।

डाक्टरले कुटाई खाएपछि डाक्टरहरुको टिमले पनि बिरामीका आफन्त माथी कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका भदा कर्णबहादुर गुरुङले उल्लेख गरे ।
उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दिदीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाण्डौ जानका लागि रिफर माग्दा अस्पतालले रिफर पनि नदिएर लापरवाही पूर्वक दिदीलाई मारेको आरोप लगाए । उनले दिदीको उपचार भइरहेको र सन्चो हुन्छ भन्दै राखेर लापर्वाही गरिएको बताए ।

अस्पताल प्रशाशनले भने डाक्टरको लापरबाहिले पुनको मृत्यु नभएको जिकिर गरेको छ । पुनको मृत्यु भएको थाह पाएपछि आफन्तले केहि समय आन्दोलन गरेका थिए । 

डाक्टरमाथि हातपात गर्नेलाई कार्वाहीको माग 

पुनको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ । उपचारमा संलग्न डाक्टरमाथि बिरामी पक्षले हातपात गरेपछि सुरक्षा र कार्वाहीको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

डाक्टरहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको ओपिडि सेवा पूर्ण रुपमा ठप्प भएको छ । ओपिडिमा टिकट लिएर बसेका बिरामीहरु डाक्टर उपचारमा नफर्किएपछि घर फर्कन बाध्य भएका छन् ।

मेडिकल कलेजमा कार्यरत विशेषज्ञ, जुनियर रेजिडेड डाक्टर तथा बिद्यार्थीहरु मेडिकल कलेजको ३ वटा ठुला गाडिमा जम्मा भएर जिल्ला प्रशाशन कार्यालय पुगको छन् । डाक्टर कुट्ने मृतकका आफन्तलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष कार्वाहीको माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएको अस्पतालले जनाएको छ । प्रसाशन पुगेका डाक्टर तथा विद्यार्थीले जिप्रका परिसरमा नारावाजी समेत गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts